Connect with us
Kapilvast Forest

साहित्यकार बीके पाल्पालीको निधन

२०७८, १८ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं-साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल) को निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले जनाएका छन् ।

 

पेरोल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाल्पाली कानुन र पत्रकारिता पेसा अँगाल्दै आएका थिए । उपन्यास, कथा, कविता, हाइकु, समालोचना क्षेत्रमा कलम चलाउँदै अएका पाल्पालीका विभिन्न विधाका नौवटा कृति प्रकाशित छन् । पाल्पाली ‘नेपाल बोर्डर’ मासिक पत्रिकाका सम्पादक एवं प्रकाशक समेत हुन् । विसं २०३२ असोजमा पाल्पामा जन्मिएका पाल्पालीका जीवनसाथी साहित्यकार रेणुका भट्टराई, एक छोरा एक छोरी छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu