Connect with us
Kapilvast Forest

सरकारको ढिलासुस्तीले नेपाली कामदार कोरिया जाने सम्भावना कम : वडाध्यक्ष अर्याल

२०७८, १८ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु-बेमौसमी कामदारका रुपमा बाणगंगा नगरपालिकासहित नेपालका बिभिन्न पालिकाहरुबाट दक्षिण कोरीया जाने सम्भावना संघीय सरकारको ढिलासुस्तीका कारण कम हुदैं गएको छ । दक्षिण कोरीयाले तत्काल कामदार पठाउन बारम्बार आग्रह गरेको भएतापनि संघीय सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री कृष्ण कुमार श्रेष्ठले चासो नदेखाउदा नेपालीहरु बैमौसमी कामदारका रुपमा दक्षिण कोरीया जाने सम्भावना दिन प्रतिदिन कम हुदै गएको हो ।

अन्य मन्त्रालयबाट हुनु पर्ने सबै काम भई सकेको भएता पनि मन्त्री श्रेष्ठले काममा ढिलासुस्ती गरेका कारण सम्भावना कम भएको बाणगंगा नगरपालिका वडा नं.११ का वडा अध्यक्ष सोमनाथ अर्यालले वैखरी अनलाईनलाई बताए । बाणगंगाका ५७० जना माघ महिनाको दोस्रो साता दक्षिण कोरीया पठाउने लक्ष्य राखेको भएतापनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कारण पठाउने कार्य बिचमै रोकीएको छ । बाणगंगाको बैदेशिक समन्वय समिति सदस्य समेत रहेका सोमनाथ अर्यालकै नेतृत्वमा दक्षिण कोरीयाको छिन्छौ नगरपालिकामा बाणगंगाबाट ५७० कामदार लैजाने योजना त्यहाँँको पालिकाले स्वीकृत समेत गरिसकेको छ ।

यद्यपि कामदार पठाउन ढिला गरे सम्झौता रद्ध गरिने समेतका चेतावनी आएको र नेपाल सरकारसगं काम गर्न गाह्रो भएकोमा दक्षिण कोरीयाका प्रतिनिधिले गुनासो समेत गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu