पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
काठमाडौ- देशको उच्च पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा छ।
दिउँसो देशको सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।
देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्टयाङ्ग हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राती देशको सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएएको छ ।