विप्लवका उपत्यका इञ्चार्ज, पूर्वमन्त्री पक्राउ
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इञ्चार्ज नवीन बिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार राति ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका बिक पूर्व राज्यमन्त्री हुन् ।
यस अघि विप्लवका उपत्यका इञ्जार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेपछि नेकपाले बिकलाई जिम्मेवारी दिएको थियो । त्यसकाे एक महिनामै बिकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
२०६२/०६३ को जनआन्दोलनपछि बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी तत्कालीन माओवादीको तर्फबाट स्थानीय विकास राज्यमन्त्री थिए ।