दमौलीमा भीषण आगलागी
दमौली – तनहुँको दमौलीस्थित एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार विद्युत् लाइन सर्ट भएको भुपाल हार्डवेयरमा आगलागी भएको बताइएको छ ।
हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको स्थानीयले बताएका छन् । अहिले आगो नियन्त्रणको प्रयास जारी रहेको भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।