Connect with us
Kapilvast Forest

एनआरएनए निर्वाचन, को-को छन् आगामी कार्यकालको दौडमा ?

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौ- गैरआवासीय नेपाली संघ एनआरएनए को आगामी कार्यकालको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ ।

निर्वाचन समितिका अनुसार मार्च २४ र २५ मा हुने निर्वाचनका लागि ४० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन् ।

निर्वाचन समितिका अनुसार बिहिबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा.बद्री केसी र रविना थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ता आज साँझ ५ बजे सम्म जारी रहने छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने संघको १० औं महाधिवेशनमा छानिएका करिब ५ सय भन्दा बढी प्रतिनिधि खारेजीको माग गरेका छन् ।

बिहीबार अबेर सम्म उम्मेदवारी दर्ता गर्नेमा उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा.हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायत हुनुहुन्छ ।

महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिनुभएको छ । यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिनुभएको छ । सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरञ्जिवी घिमिरेले उम्मेदवारी परेको छ ।

महिला सचिवमा हङकङबाट राधिका गुरुङ र सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ।

युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्का, महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराई, ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसी, मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्यालले उम्मेदवारी दिनुभएको छ ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेल, एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारी,युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी परेको छ । संघको नयाँ नेतृत्वको लागि अनलाइन मार्फत निर्वाचन गराउने जिम्मा अष्ट्रेलियन कम्पनीले जिम्मा लिएको छ ।