Connect with us
Kapilvast Forest

मंगलम वायरसेप नेपाली बजारमा

२०७८, २८ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौ- नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि ले सातौँ नेपाल बिल्डकन एक्स्पोमा “मंगलम वायरसेफ” लन्च गरेको छ ।

शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले वायरसेफको अनावरण गर्नु भएको थियो । शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको यो नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो र यसमा मंगलमको सहभागिता रहेको छ ।

मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालुले नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा उत्साहित भएको बताउनुभयो ।

विद्युत चुहावटका कारण सर्ट सर्किट र अन्य दुर्घटना हुने हुदाँ पाइपिङ र प्लम्बिङको छनोट हुने उहाँको भनाई थियो ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।

मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् र यसका सबै उत्पादनहरू आईएसओ प्रमाणित छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu