जसपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं-सत्ता साझेदार दल जनता समाजवादी पार्टी(जसपा) केन्द्रीय समिति बैठक बस्दैछ।काठमाडौंको एक पार्टी प्यालेसमा बस्ने बैठक केही बेरमा सुरू हुनेछ।
बैठकमा कार्यकारिणी समिति र संघीय परिषद् बैठकले पारित गरेको अजेण्डाका विषयमा छलफल हुने भएको छ।एमसीसी पारित, स्थानीय निर्वाचन, संगठन परिचालनका विषयमा समेत छलफल हुने उहाँले बताउनु भयो । हाल जसपामा ४ सय ९९ जनाभन्दा बढी केन्द्रीय सदस्य छन्। बैठक दुई दिन चल्नेछ।