Connect with us
Kapilvast Forest

महाकाली आयुर्वेद औषधालयमा औषधीको अभाव

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

कञ्चनपुर । महाकाली आयुर्वेद औषधालयमा औषधीको अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

चालु आर्थिक वर्षमा औषधीको आपूर्ति नभएपछि बिरामी मर्कामा परेका हुन् ।

गत आर्थिक वर्षमा मौज्दात रहेको औषधीबाट सेवा दिइरहेको औषधालयलाई चालु वर्षको हालसम्म कुनै किसिमको औषधी प्राप्त भएको छैन् ।विगतका वर्षमा स्वास्थ्य विभागबाट औषधीको आपूर्ति हुने गरेको थियो ।

तर समायोजनपछि प्रदेश सरकारले औषधी पठाउनुपर्ने भएपनि हालसम्म कुनै पहल नभएको कार्यालयले जनाएको छ ।चालु आर्थिक वर्षमा औषधीको आपूर्ति नहुँदा उपचारमा समस्या भएको महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरका कार्यालय प्रमुख सूर्य उपाध्यायले जानकारी दिए ।

उनले उपचारका लागि बाथ, ग्यास्टिकलगायतका रोगका बिरामी बढी आउने गरेपनि औषधीको अभावमा उपचार गर्न नसकिएको बताए ।पछिल्लो समय आयुर्वेद उपचारमा आकर्षण बढ्दै गएपनि त्यसतर्फ सरकारको ध्यान नपुग्न सकेको छैन् ।

महाकाली आयुर्वेद औषधालयमा अहिले दैनिक ३० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् भने २५ जनाभन्दा बढी थेरापी गर्न आउने गर्दछन् ।कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३० हजारभन्दा बढी बिरामीले उपचार गराएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu