Connect with us
Kapilvast Forest

श्रीमतीको घाँटी थिचेर हत्या गरेको श्रीमान पक्राउ

२०७८, ५ चैत्र शनिबारमा प्रकाशित

श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन्।

फाल्गुनन्द गाउँपालिका-३ का ३५ वर्षीय दिलीप नेम्वाङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
चैत ३ गते सामान्य घरायसी झगडा हुँदा नेम्वाङले आफ्नै ३९ वर्षीया श्रीमती निशा थेवेलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ।

श्रीमतीको हत्यापछि घर नजिक जंगलस्थित ढुङ्गाको ओढारमा शव छोपेर लुकाएको लिम्बुले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

तत्काल नेम्वाङलाई प्रकाउ गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी डम्बर विश्वाकर्माले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार शुक्रबार जंगलबाट शव बरामदसँगै हत्या आरोपमा नेम्वाङ पक्राउ परेका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj