Connect with us
Kapilvast Forest

नेता बन्ने इच्छाले धमाधम राजीनामा दिदै शिक्षक

२०७८, ८ चैत्र मंगलवारमा प्रकाशित

teacher

काठमाडौं-स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् ।

शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत् शिक्षकहरूले राजीनामा दिन थालेका हुन् ।

राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलका अनुसार पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न बढेको छ।

उनले भने– ‘अहिले राजीनामा दिएर सेवा निवृत्ति सुविधा लिन आउने शिक्षकको संख्या बढ्न थालेको हो । किताबखानाको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा ३ हजार ४ सय ९२ जनाले जागिर छाडिसकेका छन् । जब कि यसअघि एक वर्षको अवधिमा ३ हजार ३ सयले मात्र राजीनामा दिएका थिए ।’

गत वर्ष अधिकांशले उमेर हद नाघेकाले मात्र राजीनामा दिएको किताबखानाको भनाइ छ । चालु आर्थिक वर्षमा १ हजार ३ सय ४० जना शिक्षकले सेवा निवृत्त सुविधा माग गर्दै राजीनामा दिएका छन् । तीमध्ये १ सय ८५ शिक्षकको सेवा अवधि २० वर्ष पनि पुगेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu