कलाकारको पार्टी प्रवेशलाई दिपराजको गरे व्यङ्ग्य
काठमाडौ- कलाकार दीपकराज गिरिले चुनावको मुखमा कलाकारहरु पार्टीमा प्रवेशलाई व्यङ्ग्य गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा कलाकारहरु पार्टी प्रवेश गर्दै गर्दा गिरिले व्यङ्ग्य गर्नु भएको हो ।
मंगलबार मात्रै अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्नु भएको थियो ।
उहाँले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य गर्नुभएको छ ।
‘चुनाब आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ? त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’ भन्दै सामाजिक सञ्जालमा लेख्नु भएको छ ।