म्यादी प्रहरीमा तीन दिनमै एक लाख धेरै आवेदन
काठमाडौ – स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरीका लागि आवेदन खुलाइएकोमा तीन दिनमै झन्डै सवा लाखले दरखास्त दिएका छन् ।
७७ जिल्लामै म्यादी प्रहरीका लागि भर्ना खोलिएको छ । सोमबारसम्म ८३ हजार ६ सयको आवेदन परेको र मंगलबार पनि दरखास्तीका लागि देशभरीका कार्यालयमा भिड रहेकाले दरखास्त संख्या करिब सवा लाख पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
११ चैतसम्म दरखास्त दिने म्याद छ । पूर्वसुरक्षाकर्मी, यसअघि काम गरेका म्यादी तथा प्रहरी तथा सेनाको भर्ना प्रक्रियामा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा म्यादीमा भर्ना गर्ने प्रहरीको तयारी छ । छनौट भएकालाई २२ चैतदेखि तालिम दिने योजना छ ।