Connect with us
Kapilvast Forest

सुख्खा पहिरोमा स्काभेटर पुरियो:राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड बन्द

२०७८, ९ चैत्र बुधबारमा प्रकाशित

दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्ड बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरो झरेपछि सडक बन्द भएको हो ।सल्यानको कपुरकोट–३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्काभेटरका अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

पहिरो झरेको ठाउँमा अर्काे स्काभेटर भए पनि सडकको अवरोध हटाउन समस्या भएको र दाङबाट अर्काे स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu