नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ शिवराजको पहिलो बैठक सम्पन्न ,
कपिलवस्तु-नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ शिवराज नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । बैठकले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ शिवराज नगर कार्यसमितिको सदस्यता थप गर्ने , व्यवसाय महासंघ सुदृढिकरण चुनावि महोलमा लाग्ने साथै चैत १४ गते तौलिहवामा अुने वृहत पार्टी प्रवेश कार्यक्रममा शिवराजबाट बाक्लो जनसहभागिता गराउने लगायतका महत्वपुर्ण निर्णय गरेको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ शिवराज नगर कार्यसमिति अध्यक्ष अर्जुन प्रसाद बेल्बासेले जानकारी दिनु भयो ।
नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्राधानमन्त्री केपि शर्मा ओली चैत्र १४ गते वहालवाला संघिय सांसद , प्रदेश सांसद र सत्ता गठबन्धनका जिल्ला एवम माथिल्लो तहका नेता कार्यकर्ता सहित ८ हजार वढीलाई पार्टी प्रबेश गराउन कपिलवस्तु आउन लाग्नु भएको एमाले शिवराज नगरकमिटी उपाध्यक्ष महादेव पोख्रेलले जानकारी दिनु भयो ।
बैठक नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका जिल्ला अध्यक्ष महादेव पोख्रेलको प्रमुख आतिथ्यता ,महासंघका शिवराज नगर कार्यसमिति अध्यक्ष अर्जुन प्रसाद बेल्बासेको अध्यक्षतामा सम्पन्न बैठकमा बैठक नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका जिल्ला उपसचिव मधु सिग्देल ,एमाले शिवराज नगरकमिटी सचिव सरद अधिकारीलगायत एमाले शिवराजका नेता एवंम नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका पदाधिकारीहरुको सहभागितामा सम्पन्न भएको थियो ।