Connect with us
Kapilvast Forest

आजदेखि लोडशेडिङ हुन दिन्नौँ : घिसिङ

२०७८, १० चैत्र बिहीबारमा प्रकाशित

kulman

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज बिहीवारदेखि सबै उद्योगलाई बिजुली दिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा एकाएक कोइलाको भाउ बढ्दा नेपालमा पनि समस्या परेको तर यसको समाधान गर्ने बताउनुभयो ।

‘हामीले महँगोमा किनेर भए पनि लोडशेडिङ हुँदैन, घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ गर्दैनौँ, सबै जना ढुक्क हुनुहोला लोडशेडिङ हुँदैन,’ घिसिङले भन्नुभयो ।

भारतले कोइलाबाट उत्पादन भएको बिजुली मात्रै नेपालमा निर्यात गर्ने नीति बनाएको छ, अहिले रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको भाउ बढ्दा नेपालले बिजुली महँगोमा किन्नुपरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यसअघि भारतबाट अधिकतम औसत तीन भारुमा बिजुली किन्दै आएकोमा अहिले आकस्मिक समस्या आएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu