Connect with us
Kapilvast Forest

जनक शिक्षालाई निर्वाचन आयोगको पत्र: मतपत्र छापाइको तयारी गर्नू

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

election

 

काठमाडौं – निर्वाचन आयोगले मतपत्र छपाईका लागि तयारी अवस्थामा रहन जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई आग्रह गरेको छ ।आयोगको शुक्रबार बसेको बैठकले मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको हो । सोही अनुसार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई पत्राचार गरिएको आयोगका अधिकारीहरुले जानकारी दिनु भयो ।

 

‘ल जनक शिक्षा सामाग्री केन्द्र तिमीकहाँ मतपत्र छाप्ने हो । मेसिन, जनशक्ति सबै कुरा तयारी हालतमा राख्नू भनेर निर्देशन दिने गरी आज आयोगले निर्णय गरेको छ’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नु भयो । प्रवक्ता पौडेलका अनुसार यही चैत १६ गतेदेखि मतपत्र छपाई सुरु गर्ने आयोगको तयारी छ ।

आसन्न स्थानीय तहको चुनावका लागि २ करोड मतपत्र छापिनेछ । मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकिएको र कागज धमाधम आउनेक्रम जारी रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिनु भयो ।

 

‘सात सय मेट्रिकटन कागजमध्ये साढे तीन सय मेट्रिकटन जपत आइसक्यो । अबको एक दुई दिनमा सबै कागज आइसक्छ’ उहाँले भन्नु भयो । कागज जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमै स्टोरेज गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu