Connect with us
Kapilvast Forest

आगामी चुनावमा कुनै पनि बाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

पर्वत- नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि बाम दलसँग सहकार्य नहुने बताउनुभयो ।पर्वत जिल्लाका विभिन्न पालिकाहरूको पालिका स्तरीय भेलामा सहभागी हुन शनिबार पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा बोल्दै नेकपा एमाले बाहेक अन्य दलहरू गैह्र कम्युनिष्ट भएको बताउँदै ती दलहरूसँग बाम तालमेल नहुने स्पष्ट पार्नुभयो ।

कम्युनिष्ट पार्टीका विरुद्ध कांग्रेससँग तालमेल गर्नेहरू बामपन्थी दल नभएकाले ति दलहरूसँग बाम तालमेल नहुने बताउनुभयो ।नेता बस्नेतले कम्युनिष्ट पाटीको सरकार ढाल्ने, पाटीका अध्यक्षलाई कारबाही गर्ने र सांसद पद नै खारेज गर्ने जस्ता गतिविधिमा संलग्नहरू कम्युनिष्ट पार्टी नभएका भन्दै ति पार्टीसँग निर्वाचनमा सहकार्य नहुने ठोकुवा गर्नुभयो ।

बस्नेतले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न माओवादी केन्द्रलाई चुनौती दिनुभएको छ । माओवादी केन्द्र अब ६४ सालको जस्तो युवा नभएको भन्दै उहाँले बुढो भइसकेको माओवादीले निर्वाचन जित्नु भनेको हास्यास्पद रहेको बताउनुभयो ।

एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको भन्दै सांसदसमेत रहेका बस्नेतले निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसारको तालमेल भने हुनसक्ने बताउनुभयो ।

उहाँले गठबन्धनसँग जुध्ने सामथ्र्य र तागत एमालेमा रहेको भन्दै निर्वाचनमा पूर्ण रुपमा होमिन एमाले कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयो ।

अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा यसपटक अझै देखि तहमा एमाले बिजयी हुने उहाँको दावी छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu