Connect with us
Kapilvast Forest

चितवनमा बस पल्टियो, ३८ जना घाइते

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

accident

 

चितवन -चितवनमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस इच्छाकामना गाउँपालिका–३ पृथ्वी राजमार्गको पानीधार भन्ने स्थानमा अनियन्त्रित भएर बस पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

३८ घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।

चालकसहित ६ जनाको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । एक जनाको अवस्था भने गम्भीर रहेको छ ।

अन्य ५ जनालाई उपचारको लागि ललितपूर स्थित बी एण्ड बी अस्पताल तर्फ लगिएको छ । जसमा अवस्था २ जनाको अवस्था गम्भीर रहेको छ ।केही समय अवरुद्ध भएको राजमार्ग सडमबाट बस हटाएपछि सञ्चालनमा आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu