Connect with us
Kapilvast Forest

स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

२०७८, १४ चैत्र सोमबारमा प्रकाशित

election

काठमाडौं-स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लागेको छ।आइतबार निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावली टुंगो लगाएको हो।

सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता हुने भएका छन्।

त्यसमध्ये ८९ लाख ९२ हजार १० पुरूष मतदाता छन्। ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेको अर्यालले बताए।

यस्तै १८३ जना अन्य छन्। चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ।

प्रदेश अनुसार सबैभन्दा धेरै मतदाता बागमतीमा छन्। बागमतीमा ३४ लाख १२ हजार ८६९ जना मतदाता छन्।प्रदेश नम्बर १ मा ३३ लाख ४७ हजार ३८४, मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७०, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७ र गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११ जना मतदाता छन्।

यस्तै सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० र कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्।आयोगका अनुसार काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना, ललितपुरमा २ लाख ४३ हजार ८८४ र भक्तपुरमा १ लाख ८९ हजार ५८४ मतदाता छन्।

मनाङमा सबैभन्दा थोरै मतदाता रहेका छन्। ६ हजार ४९६ मतदाता मनाङबाट छन्।सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता छन्। त्यसपछि पोखरा महानगरमा २ लाख ७ हजार ७१२ र भरतपुर महानगरमा १ लाख ८५ हजार ७५२ मतदाता छन्।

सबैभन्दा थोरै मतदाता मनाङको नार्पा भूमि गाउँपालिकामा छन्। त्यहाँ ४४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। त्यसपछि ७११ मनाङकै चामे गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा ९६७ जना मतदाता छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu