Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुखले दिए राजीनामा

२०७८, १४ चैत्र सोमबारमा प्रकाशित

/
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजीनामा दिएका छन्। उनले लुम्बिनी प्रादेशिक अस्पतालको टेन्डर विवादबीच प्राधिकरणका प्रमुख सिइओले सोमबार राजीनामा दिएका हुन्।

राजीनामा दिँदै उनले भने,‘दलालहरूको दलाल बन्नु पर्ने रहेछ। म त्यो बन्न सकिनँ। त्यसैले मैले राजीनामा दिएँ।’ साथै उनले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का सम्झौता तोडेको छ। सोमबार प्राधिकरणको बसेको बैठकले सम्झौता तोड्ने निर्णय गरेको उनले बताए। अस्पतालको ७ सय करोडको ठेक्का हुदा प्रदेश सरकारलाई करिब १५० करोड घाटा लाग्ने अवस्थामा देखिएपछि उक्त सम्झौता तोडिएको घिमिरेले बताए।

घिमिरे प्रदेश पूर्वाधार प्राधिकरणको सिइओमा गत असोज २४ गते नियुक्त भएका थिए। राजीनामा दिएका घिमिरेले अब आफू कुनै पनि राजनीति दलमा आवद्ध नरहेर स्वतन्त्र रहेको समेत बताएका छन्। घिमिरे नेकपा माओवादीमा २०५६ सालदेखि आवद्ध रहँदै आएको उनले बताए।

६ महिनाको अवधिमा उनले लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, जग्गा एकीकरण तथा विकास कार्यविधि, राप्ती प्रादेशिक अस्पतालको डिपिआरलगायत काम गरेको बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu