Connect with us
Kapilvast Forest

घाटमा जलाउने तयारी गर्दागर्दै कराएपछि …

२०७६, ८ श्रावण बुधबारमा प्रकाशित

पाल्पामा । अस्पतालबाट अन्त्येष्टिका लागि घाटमा लगिएकी महिलाको फेरि उपचार भइरहेको छ । । रैनादेबी गाउँपालिका १ सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भरहेको हो ।

ज्ञवालीको तानसेनकै युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार भएको थियो । आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज दिएको र उनीहरुले बिरामीलाई सिधै रिडीघाट पुर्याएको वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिनुभयो ।

दर्लामीका अनुसार अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको मृत्यु भएको हल्ला भएपछि आफन्तले पानीमा आधा शरीर डुवाएर चिताको तयारीमा थिए । केही समयपछि बिरामी चल्न, कराउन थालेपछि तत्कालै रिडी गुल्मीको प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । स्वास्थ्य कर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान भनेपछि सोमबार बेलुकी ज्ञवालीको लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी उपचार गरिएको हो ।

झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटुको समस्या देखिएको र डाललासिन गर्नुपर्छ भनेपछि पैसाको अभाव छ भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दवाब दिएको मिशन अस्पताल तानसेनले जनाएको छ ।

एम्बुलेन्समा अक्सिजन लगाएर बिरामीलाई घर पठाएको अस्पतालको प्रतिक्रिया छ । मिसन अस्पतालका अनुसार उनकी श्रीमान् सूर्यचन्द्र, छिमेकी भानुभक्त भट्टराई ओम पौडेल, थानेश्वर कडेल र सुर्यचन्द्र कडेलले अस्पतालबाट बिरामी बुझेका हुन् । युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपिया खर्च भएको र खर्च मध्ये ५६ हजार ९ सय ६३ रुपिया स्वास्थ्य बीमाबाट काटिएको अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu