बाआमा नभएको मौकामा बालिकालाई पटक–पटक बलात्कार गर्ने पक्राउ
नवलपरासी । बालिका बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीले बालिका बलात्कारको आरोपमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
उनीहरुले ११ वर्षकी बालिकालाई घरमा अभिभावक नभएको मौकामा डेढमहिनादेखि पटक–पटक बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।