Connect with us
Kapilvast Forest

काम खोज्दै नेपाल आउने विदेशी बढे

२०७६, १ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाी युवाको संख्या घटिररहेको बेला काम खोज्द नेपाल आउने विदेशीको संख्या बढ्दै गएको छ।

नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो भन्ने खबर कारोबार दैनिकमा छ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६ सय ४३ रहेकोमा गत आर्थिक वर्षमा २ हजारको हाराहारीमा पुगेको छ।

यस मध्ये पनि अघिल्लो आर्थिक वर्षमा १ हजार ३ नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो भने ५८८ जना पुरानाको श्रम स्वीकृति नवीकरण गरिएको थियो। यस्तै गत आवमा १ हजार ११९ नयाँलाई श्रम स्वीकृति दिइएकोमा ८६२ गैरनेपालीको श्रम स्वीकति नवीकरण गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu