साताको अन्तिम नेप्से समान्य अंकले गिरावट, कारोबार रकम न्यून
काठमाडौ । यस साता पनि शेयर बजारमा गिरावट भएको छ ।
साताभरिमा शेयर बजारमा १० दशमलब ९८ अंकले गिरावट आएको हो । साताको अन्तिम दिन बजार घटेसगै कारोबार रकम समेत घटेको छ । बिहिबार समग्र शेयर बजार कारोबार गर्ने नेप्से परिसुचक शुन्य दशमलव ९९ अंकले गिरावट आइ १ हजार २ सय १३ दशमलव शुन्य ६ बिन्दुमा झरेको हो ।
बिहीबार कारोबारमा आएको १ सय ७२ वटा कम्पनीको १० लाख ७७ हजार ७ सय २९० सेयरबाट २६ करोड १६ लाख ७० हजार दुई सय ३ रुपैयामा खरीद बिक्री भएको नेपाल स्टक एक्चेन्सले जनाएकोछ ।
बिहीबार कारोबारमा आएका समुह मध्ये होटल, मँइक्रो फाइनान्स, लाइभ इन्सुरेनस र अन्य समुहम्ँँ गिरावट देखिएको हो । बिहीबार एनआइसी एशिया बैंकको सबैभन्दा धेरै १ करोड ९१ लाख रुपैया बराबरको शेयर कारोबार भएको छ ।
बिहिबार सबैको लघु वित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५ दशमलव ९,६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, सिर्जना फाइनान्सका लगानीकर्ताले ४ दशमलव ७,४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।