Connect with us
Kapilvast Forest

राजश्व चुहावट नियन्त्रणका लागि ऐन

२०७६, ८ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । व्यवसायीले राजश्व चुहावट नियन्त्रणका लागि राजश्वसम्बन्धी संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उद्योग व्यवसायीले यस्तो सुझाव दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको राजश्व समितिका सभापति अशोक कुमार तोदीले स्थानीय तहले पनि राजश्व संकलनको अधिकार पाएकाले संघीय ऐन अनुसार प्रदेश र स्थानीय तहमा पनि भन्सार ऐन, अन्तशुल्क ऐन, आयकर ऐन र मूल्य अभिवृद्धि ऐनहरु बनाउनुपर्ने सुझाव दिनुभएको हो ।

उहाँले नियन्त्रणमुखी समाज निर्माण भन्दा पनि काम गर्दै जाँदा सहज वातावरण बनाउने तर्फ सरकारले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । २०५२ सालदेखि नै उद्योगहरुले विभिन्न किसिमका मार खेपिरहेको उल्लेख गर्दे ताेदीले राजश्व चुहावट भन्दा पनि राजश्व संकलन किन भएन भन्नेमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

समितिले आइतबार राजश्व चुहावट–अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ माथि छलफल गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj