Connect with us
Kapilvast Forest

त्रिभुवन विमानस्थल हरेक दिन सात घण्टा बन्द हुने

२०७६, १४ भाद्र शनिबारमा प्रकाशित

काठमाडाैँ । दोस्रो चरणको मर्मत कार्य सुरु गर्नुपर्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म हरेक दिन सात घण्टा बन्द हुने भएको छ।

मर्मतका लागि भोलि भदौ १५ देखि पुस १५ गतेसम्म दैनिक सात घण्टा विमानस्थल बन्द गर्न लागिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए।

दोस्रो चरणमा धावनमार्गको सेन्टरलाइन, ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको जिर्णोद्धारको काम गरिने भएको छ। उनका अनुसार जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान र अवतरण सबै बन्द हुनेछन्।

जिर्णोद्धारको काम चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गर्दै आएको छ। तर उनले तीन दिन अघि नेपाल एयरलाइन्सले ओशाकाका लागि सुरु गरेको उडान भने बन्द नहुने बताए। उक्त एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार ओसाकाका लागि उडान भर्ने बताएको थियो।

यसअघि पहिलो चरणमा गत वर्षको चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान बन्द गरेर धावनमार्गको जिर्णोद्धार गरिएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu