Connect with us
Kapilvast Forest

श्रीमती भएको भन्दै बच्चा अपहरण

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

सिरहा । आफन्तबाटै भदौ १० गते अपहरणमा परेका शिवम् यादवलाई प्रहरीले सर्लाहीको विष्णुपुर गाउँपालिका–५ बाट अपहरण मुक्त बनाई अभिभावकलाई जिम्मा लगाएको छ ।

अरुसँग श्रीमती भगाउन सहयोग गरेको भन्दै भारत विहार राज्य सितामढी जिल्ला बिलाकपुर ग्राम पञ्चायत वडा नम्बर ३ को सोनारटोल घर भई सिरहाको कर्जनहा नगरपालिका–२ बन्दिपुरमा सँगै बस्दै आएका सोभित मुखियाले शिवम्को अपहरण गरेको प्रहरीले जनाएको छ ।

मुखियाले आफनो पत्नी सुरेखादेवी मुखियाको फुफु सुकनीदेवी मुखिया यादवले अरुसँग भगाउन सहयोग गरेको भन्दै उनको छोराको अपहरण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुरर्वेदीले जानकारी दिनुभयो ।

अपहरित बालक शिवम्लाई मुखियाले धनुषा, महोत्तरी हुँदै भारत पुर्याएर ठाउँ फेर्दै भारतीय सीमामा पर्ने सर्लाहीको विष्णुपुर गाउँपालिका ५ मा ल्याएपछि प्रहरीले बालकलाई अपहरण मुक्त गराएको छ ।

सिरहा प्रहरीले बालकसहित मुखियालाई नियन्त्रणमा लिएको छ । आफ्नी पत्नी खोजेर ल्याइदिएमात्रै छोरा फिर्ता दिने भन्दै मुखियाले बालकलाई ठाउँ फेरी फेरी आफन्तलाई फोन गरेका थिए । त्यही फोनको आधारमा प्रहरीले बालकलाई अपहरण मुक्त गराएको बताएको छ ।गत माघमा प्रेम विवाह गरेका मुखिया श्रीमतीसहित कर्जन्हा नगरपालिका–२ बन्दिपुरमा बस्दै आएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj