Connect with us
Kapilvast Forest

एटीएमबाट पैसा चोर्दा–चोर्दै ५ चिनियाँ नागरिक पक्राउ

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

 

काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो २ बजे पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।