Connect with us
Kapilvast Forest

सत्र दिनदेखि अवरुद्ध बेसीशहर–चामे सडक खुल्यो

२०७६, २९ भाद्र आईतवारमा प्रकाशित

लमजुङ। मनाङको नासो गाउँपालिका वडा नम्बर १ तालस्थित म्यार्दीभीरको पहिरोले अवरुद्ध बेसीशहर–चामे खुलेको छ । पहिरोको कारण १७ दिनदेखि अबरुद्ध सडक शनिबार साँझबाट संचालन भएकाे हो ।

करिब सय मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक १० दिनको प्रयासपछि खुल्न सफल भएको छ । पहिरोले १ सय २० मिटर सडक नै भत्काएपछि सडक खुलाउन ढिलाई भएको हो । सडक खुलाउन ब्रेकर लगाउनु परेको र ठूला–ठूला ढुंगा फोर्न ८० वटा बम ब्लाष्ट गरिएको सडक डिभिजन कार्यालय दमौलीका सव इञ्जिनियर सुमन अधिकारीले बताउनुभयो ।

सव इञ्जिनियर अधिकारीका अनुसार पहिलाको सडक नै पत्ता नलाग्ने गरी सडक भत्किएपछि पहिलाको भन्दा फरक ‘ट्र्याक’ खोलेर सडक निर्माण तथा मर्मत गरिएको छ । ‘सडक खुलाउनलाई धेरै जोखिम मोल्नुपरेको र यस्तो ठूलो पहिरो त यसअघि कहिले पनि थाहा पाइनँ’ उहाँले भन्नुभयो, ‘ यो पहिरो अहिलेसम्मकै ठूलो रह्यो ।’

सडक डिभिजन कार्यालयले सडक सञ्चालन गर्न सफल भएपनि लमजुङ र मनाङको सिमानामा रहेको म्यार्दी खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा खोलाबाट साना सवारी साधन तर्न नसकेको र ट्रक, ठूला ट्र्याक्टर मात्रै खोलाबाट तर्न सकेको सवइञ्जिनीयर अधिकारीले भन्नुभयो । म्यार्दीखोलामा पानी नघटेको र आकाशबाट पानी बेला–बेला पर्ने गरेकाले खोलामा पानीको प्रवाह बढिरहेकाले साना सवारी साधन खोला तर्न सक्ने अवस्था नहुँदा यात्रुलाई समेत समस्या हुने भएको छ ।

बेसीशहरदेखि चामेसम्मको दूरी ६५ किलोमिटर छ ।सडकमा दैनिक यात्रु बोक्ने ३५ सवारी साधन आवतजावत गर्ने गर्छन् । चाडपर्व नजिकिएसँगै सामानसमेत ढुवानी गर्नलाई समस्या हुन थाले पनि सडक सञ्चालन भएपछि भने स्थानीयबासी खुशी भएका छन् । म्यार्दीखोलामा निर्माणाधिन मोटरेबल पुल केही दिनमा निर्माण सम्पन्न हुने र पुलबाट सवारी साधन गुड्न थाल्ने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुलको ‘एम्प्रोज रोड’ को केही भाग मात्रै निर्माण गर्न बाँकी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu