Connect with us
Kapilvast Forest

डेंगीभन्दा कडा स्क्रबटाइफस फैलियो

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

dengu

काठमाडौं – मुलुकभर डेंगी फैलिरहेकै बेला त्योभन्दा कडा रोग स्क्रबटाइफस फैलिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दुई सातायता डडेल्धुुरा, पाल्पा, धादिङ, नुवाकोट, काठमाडौंलगायतका जिल्लामा यो रोग देखा परे पनि सोमबार साँझसम्म कतिजना संक्रमित भए भन्ने यकिन तथ्यांक भने उपलब्ध हुन सकेको छैन।

डेंगीका बिरामीको भीड लागेकै बेला शु्क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्क्रबटाइफसको बिरामी आउन थालेका छन्। तीन दिनमा करिब २० जना रोगले संक्रमित भएको प्रमाणित भएको छ।

उपचारमा आउनेहरुमा काठमाडौं, धादिङ, नुवाकोटलगायतका जिल्लाका बासिन्दा छन्। ‘सो ठाउँका बिरामी दैनिक एक÷दुईजना आइरहेका छन्,’ अस्पतालका आकस्मिक कक्षका डा.योगेन्द्र शाक्यले भने, ‘उनीहरुमा स्क्रबटाइफस पोजिटिभ देखिएको छ। बिरामीलाई सात दिनसम्म भर्ना गरेर निको भएपछि डिस्चार्ज गर्ने गरेका छौं।’

झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीविको माध्यमबाट मानिसमा सर्ने रोग नै स्क्रबटाइफस हो। यो परजीवीभित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरेमा यो रोगको संक्रमण हुन्छ। मनसुनमा मात्र देखापर्ने यो रोग साउन÷भदौदेखि देखा पर्छ। झाडी या घरभित्र मुसाले छोडेको यो परजीवि (किर्ना) शरीरमा प्रवेश गरेको पाँचदेखि छ दिनमा बिरामीलाई कडा कामज्वरोे, पसिना आउने, शरीर दुख्ने, ग्रन्थी सुन्निनेजस्ता लक्षण देखिन्छन्।

रोगको समयमै उपचार नभए कलेजो, मिर्गौला, फोक्सो, मुटुजस्ता अंगमा संक्रमण भई बिरामीको मृत्युसमेत हुनसक्छ। यो मुसा झाडी तथा घरभित्र आउने क्रममा किर्ना (माइट) छोड्ने क्रममा मानिसको छालामा टाँसिने क्रममा सर्छ। त्यसकारण घरभित्र बस्ने मानिस र खेतबारीमा काम गर्ने किसान बढी जोखिममा हुन्छन्।

अहिले फैलिरहेको डेंगीभन्दा स्क्रबटाइफस कडा भएकाले यो रोग लाग्नुअघि नै सचेत हुनुपर्ने चिकित्सक बताउँछन्। ‘डेंगीसँगै स्क्रबटाइफसको उच्च जोखिम छ,’ अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले भने। सन् २००४ मा पहिलो पटक नेपालमा देखापरेको यो रोग सन् २०१५ देखि यता वर्षेनी देखापरेको छ। सो वर्ष ८ जनाको सोही रोगले मृत्यु भएको थियो भने सन् २०१६ मा १४ जनाको मृत्यु भयो।

बिरामीको समयमै उपचार गरिए दश दिनसम्म नियमित औषधि खाँदा यो रोग निको हुन्छ। नत्र रगत हुँदै भित्री अंगमा पुगेर संक्रमण हुन्छ र उपचार जटिल बन्नपुग्ने चिकित्सक बताउँछन्। यसका साथै बिरामीले प्रोटिनयुक्त खाना र झोल कुरा पर्याप्त मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu