Connect with us
Kapilvast Forest

एनआरएनए अध्यक्षमा पन्त र महासचिवमा शर्माको उम्मेदवारी घोषणा

२०७६, ३ आश्विन शुक्रबारमा प्रकाशित

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका पन्तले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नेपालको समृद्धि, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र एनआरएनमा व्यापक सहभागिता गराउने लगायतका २० बुँदे प्रतिवद्धताका साथ आफूले उम्मेदवारी घोषणा गरेको पन्तले जानकारी दिए।

उनले आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, ब्रिटिश भुपू गोर्खा सैनिकको माग सम्बोधन गर्न पहल गर्ने समेत प्रतिवद्दता जनाए। यस्तै एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भ्रमण वर्ष २०२० को एजेन्डालाई अघि बढाउने लगायतका प्रतिबद्धता जनाए।

यसै बीच एनआरएनए अभियानमा विगत १४ वर्षदेखि क्रियाशिल डा. हेमराज शर्माले एनआरएनए महासचिवमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार साँझ अल्डरसटमा एक पत्रकार सम्मेलन गरी गैर आवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक डा. शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

विधान समितिका संयोजक शर्माले अग्रजहरुको सल्लाहपछि एक्जुकेटिभ पदमै काम गर्ने सोच बनेर उम्मेदवारी दिने निर्णय गरेको जनाए। एकेडेमिक करिअरसंगै सोसाइटीसंग जोडिरहने इच्छाले कार्यकारी पदमा आफ्नो आकांक्षा रहेको शर्माको प्रष्टोक्ति छ।

पत्रकार सम्मेलनमा शर्माले आफ्नो ७ निर्देशक सिद्धान्त (मन्त्र) प्रस्तुत गर्दै प्रतिवद्धता सार्वजनिक गरे। ति मन्त्रमा सबैको एनआरएनए, सवल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दिगो एनआरएनए, सिप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएनए र उत्तरदायी र पारदर्शी एनआरएनए छन्। गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आउँदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुँदैछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu