Connect with us
Kapilvast Forest

पुर्व कर्मचारी तथा समाजसेवी कुर्मीद्धारा शुभकामना आदानप्रदान

२०७६, १ कार्तिक शुक्रबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक १,

महाराजगंज नगरपालिकाका पुर्व कर्मचारी तथा समाजसेवी अनिरुद्ध सिंह कुर्मी चौधरीको आयोजनामा विजयादशमी तथा शुभदिपावली, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पुर्व कर्मचारी तथा समाजसेवी अनिरुद्ध सिंह कुर्मी चौधरीको अध्यक्षता एवम पुर्व सिचाई राज्य मन्त्री तथा नेपाली कांग्रेसका कपिलवस्तु सभापती सुरेन्द्रराज आचार्यको अतिथ्यितामा कार्यक्रम सम्पन्न भएको हो ।
पुर्व सिचाई राज्य मन्त्री तथा नेपाली कांग्रेसका कपिलवस्तु सभापती सुरेन्द्रराज आचार्यले कपिलवस्तुको समग्र विकासको लागि सबैले हातेमालो गर्नु पर्ने बताउनु भएको छ । आचार्यले समाजसेवी चौधरीले गरेको कामको प्रशांसा गर्दै सकारात्मक सोचको विकास गर्न आवयश्क रहेको वताउनु भयो ।
कार्यक्रममा महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, उप प्रमुख शुभावती कुर्मी, साजसेवी तथा नेपाली काँग्रेसका जिल्ला सचिव प्रेम बहादुर रायमाझी, युवा नेता गंगेश नाथ तिवारी, महाराजगंज नगरपालिका वडा नं ३ का अध्यक्ष नैन दास मुराउ, वडा नं ८ का अध्यक्ष योगेन्द्र कुमार केसी, समाजसेवी हरीवंश नाथ शुक्ल, श्याम सुन्दर चौधरी लगायतले—आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

महाराजगंज नगरपालिकाका पुर्व कर्मचारी तथा समाजसेवी अनिरुद्ध सिंह कुर्मी चौधरीलाई विगतमा सहयोग गरेका समाजसेवी जगदिश तिवारी, नैनदास मुराउ, रामसिहं चौधरी, विष्णु मिश्रा, जय करन पासी, जगन्नाथ पुरीलाई सम्मान गरिएको थियो ।

कर्मचारीको तर्फबाट सहयोग गरेका राम कृष्ण शुक्ला, सुरेन्द्र चौधरी, राकेश कुमार चौवे, अम्बिका गोसाई, कृष्णदास रैदास, बृजेश चौधरी, बरसाती कोहारलाई सम्मान गरिएको हो । त्यस्तै शैक्षिक तर्फ दिपेन्द्र सिंह, तारा गुप्ता, नन्दलाल चौधरी, राम किशोर शुक्ला, राम वेलास आरखलाई सम्मान गरिएको थियो । अनिरुद्ध सिंह कुर्मी चौधरी केही दिन पहिले महाराजगंज नगरपालिकाकाबाट अवकास हुुनु भएको थियो । सो शुभकामना आदान प्रदान कार्यक्रममा तिन सय भन्दा बढीको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu