Connect with us
Kapilvast Forest

सडकमा घोटाला ! दुई दिनमै उप्कियो ८२ लाखकाे पीच

२०७६, २ कार्तिक शनिबारमा प्रकाशित

 शिव बोहोरा, बाग्लुङ । सदरमुकामको रामरेखामा सडक कालोपत्रे गरेको भोलिपल्टै उप्किएको छ । बागलुङ नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा निर्माणाधिन सडकको कालोपत्रे उप्केको हो ।

बुधबार दिउँसो कालोपत्रे गरेर छाडिएको स्थानमा शुक्रबार हलुका सवारी गुड्दा कालोपत्रे उप्केको हो। उप्केको देखेपछि स्थानीयले हातैले कालोपत्रे उधाङ्गो बनाएर फालिदिएका छन्।

रामरेखास्थित जसबिर टोलको एकसय मिटर खण्डमा कमसल भएको भन्दा भन्दै कालोपत्रे उप्काइएको इन्जिनियर मनोज शर्माले बताउनु भयो । ‘धुलो उडाएर पानीले पखालेपछि मात्र कालोपत्रे हाल्नुपर्नेमा नभएको भेटियो’ उहाँले भननुभयो, ‘स्थानीयले गुनासो गरेपछि आफैँ त्यो खण्डको छेउछेउको कालोपत्रे उप्काउन लगाएको छु।’ ठेकेदार कम्पनीलाई फोन गरेर सडक पुनः निर्माण गर्न निर्देशन दिएको समेत उहाँले जानकारी दिनुभयो।

बासिन्दाले भने नगरपालिका तथा सडक बोर्डका कर्मचारी र ठेकेदारको मिलिमतोमा कमसल खालको पीच गरेको हुन सक्ने बताएका छन् । सडक निर्माण तथा कालोपत्रमा घोटाला भएको हुन सक्ने बासिन्दाको बुझाई छ । नगरपालिका र सडक बोर्डको गरी ८२ लाख रुपैयाँको लागतमा भित्री सडक मर्मतका लागि असारदेखि नै काम भएको थियो। चाडपर्वको कारण रोकिएको काम तिहारभित्रै सक्ने गरी पुनः थालिएको हो।

पिच घटना सार्वजनिक भएपछि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले समेत काम गुणस्तरीय गर्न माग गरेका छन्। ‘झारा टार्ने काम गर्दा नगरपालिकाप्रतिको विश्वास गुम्छ, त्यसैले गुणस्तरीय काम गर्न भनेका छौं’ वडा नम्बर  १ का अध्यक्ष दुर्गाबहादुर बोहोराले भन्नुभयो, ‘ठेक्काको काम भनेपनि जस्तो पनि गर्न पाइँदैन।’

कालोपत्रे नउप्केको स्थानमा पनि लेबल नमिलाएको स्थानीयले भेटेका छन्। नालीकोसतह बराबर बनाउनुपर्नेमा खाल्डैखाण्डा छाडेको भेटिएको थियो। खाल्डा पनि पुर्न लगाएर पानी सडकमा नजम्ने बनाउन लगाउने शर्माले प्रतिवद्धता जनाउनु भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu