Connect with us
Kapilvast Forest

धरौटीमा छुटेका विप्लव समूहका ४ कार्यकर्ता पुनः गिरफ्तार

२०७६, २ कार्तिक शनिबारमा प्रकाशित

biplop

 राजन पौडेल, पर्वत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की जिल्ला सेक्रेटरी सहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले शनिबार पुनः गिरफ्तार गरेको छ ।

प्रहरीले जिल्ला अदालत पर्वतको आदेशमा जनही ५ हजार धरौटीमा छुटेका समूहका कास्की जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी, भोजपुर जिल्ला भोजपुर नगरपालिका–१२ का नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका–६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारीलाई पुनः गिरफ्तार गरेको हो ।

प्रहरी हिरासतमा रहेका चारै जनालाई पर्वत जिल्ला अदालतले असोज २८ गते जनही ५ हजार धरौटी बुझाउने गरि रिहा गर्ने आदेश दिएको थियो । आदेश अनुरुप रकम बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका थिए । कार्तिक १ गते धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाएपछि प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

उनीहरुलाई राज्य विरुद्धको कसुर गरेको आरोप लगाउँदै जेठ २५ गते अन्नपूर्ण गाउँपालिका–११ उरी स्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहरेको बेला गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको थियो । नियन्त्रणमा रहेका चारै जना प्रतिबन्धित नेकपा (विप्लव समूह) का कार्यकर्ताहरुले विना पक्राउ पूर्जी कानुनी राज्यको उपहास गरी आफूहरुलाई पटक पटक गिरफ्तार गरेको भन्दै विरोध गरेका थिए । अदालत परिसरमा नै पत्रकार सम्मेलन गरी उनीहरुले राज्यले गैह्रकानुनी रुपमा आफूहरुलाई पटक पटक गिरफ्तार गर्ने गरेको कास्की जिल्ला सेक्रेटरी भण्डारीले आरोप लगाए ।

गिरफ्तार गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर राजन रायमाझीले जानकारी दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu