Connect with us
Kapilvast Forest

छोराको कुटाईबाट आमाको मृत्यु

२०७६, १६ कार्तिक शनिबारमा प्रकाशित

 कपिलवस्तु । छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिकामा छोराको कुटाईबाट आमाको मृत्यु भएको हो ।

कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीको कुटाईबाट ५५ वर्षीया फूलमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । सुरेन्द्र फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu