Connect with us
Kapilvast Forest

साँसद शाहले गृह मन्त्रीलाई बुझाए ज्ञापन पत्र, दंगा फैलाउनेलाई कारबाहीको माग

२०७६, १६ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं कार्तिक १६ ।
साँसद अभिषेक प्रताप शाहले कपिलवस्तु जिल्लाको कृष्णनगर क्षेत्रमा भएको घटना प्रती गृह मन्त्री राम बहादुर थापाको ध्यानाकर्षण गराएका छन् । साँसद शाहले आज शनिबार बिहान ज्ञापन पत्र मार्फत कृष्णनगर क्षेत्रमा भएको घटना प्रती गृह मन्त्री थापाको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका युवा नेता शाहले कृष्णानगरमा धार्मिक दंगा फैलाएर लाभ लिन सक्रिय समूहलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गरेका छन् ।

ज्ञापन पत्रमा ‘कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका क्षेत्र बिगतका दिनहरु देखी सम्बेदनशील हुदै आएको छ । केही अराजक तत्वहरुको कारण कृष्णानगर क्षेत्र बारम्बार तनाव पुर्ण हुदै आएको छ । प्रहरी प्रशासनको चरम लापरवाहीको कारण यहाँ अराजक तत्वहरु सलबलाई रहेका छन र समय समयमा हिन्दु मुस्लिम समुदायबीच हिंसा अताँक मच्चाउने काम गर्दै आइरहेको व्यवहोरा अनुरोध छ । मुस्लिम समुदायका केही मान्छेहरु ठुला ठुला तस्करीमा संलग्न रहेको र उनीहरुवाट प्रहरी प्रशासनले मोटो रकम असुल्दै र उनीहरुलाई राजनितिक लगायतका संरक्षण गर्दै आएको कारण अराजक तत्वहरु सक्रिय रहेको पाइन्छ । 

मिति २०७६ कार्तिक १३ गतेका दिन कृष्णानगर नगरपालिका स्थित झण्डेनगरमा तीनवटा ठाँउमा लक्ष्मीको मुर्ति बनाई पुजाआर्चना गरी दिपावली मनाई साँझ करिव ५:०० बजेको समयमा मुर्ति विर्सजन गर्न लैजाँदा खेरी वाटो साँघुरो रहेकोले ट्रेक्टरमा राखेको डि.जे बाजालाई बन्द गरी मदरसा नजिको छेउको सडकहुदै मुर्तिलाई लिएर कृष्णानगर स्थित गोलघर ल्याउने क्रममा मुस्लिम समुदायको जमाल साहको नेतृत्वमा रहेका करिव २०/२५ जनाको समुहमा रहेका मुस्लिम समुदायका मान्छेहरुले एका एका आक्रमण गरी, ट्रेक्टरमा तोडफोड गरी हिन्दु समुदायको घरमा प्रबेश गरी कुटपिट गरेका हुन । रातभर हिन्दु समुदायको घरमा आक्रमण गरियो । 

मिति २०७६ कार्तिक १४ गतेका दिन जमाल साहलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रर्दशन गरिरहेको युवाहरुमाथि पहरीले बल प्रयोगको न्युनतम अधारभुत सिद्धान्तलाई समेत ख्याल नगरी अधाधुन्ध तरिकाले गोली चलाएको कारण कृष्णालगर नगरपालिका वडा नं। २ बस्ने युवा बर्ष २१ को सुरज पाण्डेय आफ्नो कोठामा खाना खाएर आफ्नो चिया पसलमा जान लाग्दा खेरी प्रहरीले टाउकोमा ताकेर गोली प्रहार गर्दा निज युवक सुरज पाण्डेयको मृत्यु भएको हो । प्रहरीले मानवीय संबेदना समेत ख्याल नगरी गोली चलाएको र उक्त गोली निज युवकको देब्रे आँखामा लागी घटना स्थलमा मृत्यु भएको हो ।  

नेपाल एक शान्ति प्रिय राष्ट्र हो । सवै धर्महरु समान छन । सवै धर्मको सम्मान गर्नु पर्ने र सवैले आ–आफ्नो धर्मलाई मान्न पाउने सवै समुदायको संबैधानिक अधिकार हो । तर कपिलवस्तुको कृष्णानगर एक यस्तो ठाँउको रुपमा परिणत भएको छ कि त्यहाँ पटक पटक धार्मिक सदाभाव बिगार्ने क्रियाकलापहरु केही सामाजिक तत्वहरुवाट प्रयास हुदै गरेको कुरा सर्वदितै छ ।  धार्मिक सदभाव सदभाव विगार्नमा सक्रिय भुमिका खेलेको जमाल साहलाई प्रहरीले नियन्त्रणमा लिन सकेन उल्टै इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी उपरिक्षक प्रताप पौडेलले जमाल शाह अगाडी हात जोडदै माफी माग्दै गरेको फोटो समाजिक संजालमा भाइरल भएको छ । 

यसरी उक्त क्षेत्र संबेदनशील क्षेत्र रहेको कुरा राज्यलाई थाहा हुदाहुदै पनि प्रहरी प्रशासनले स्थानीय राजनितिक दल, स्थानीय, पत्रकार, मानव अधिकार कर्मी तथा अन्य सरोकारवालाहरु संग समन्वय नगरेको  र प्रहरीको मनपरीतन्त्रका तथा गैर जिम्मेवारीपनकारण यो घटना भएको हो । 

तसर्थ घटनाको निश्पक्ष छानविन गरी दोषी उपर कारवाही गरी मृतक परिवारलाई उचित क्षतिपुर्ति, राहत तथा घाइतेहरुको निशुल्क स्वाथ्य उपचारको व्यवस्था गरी क्षतिपुर्ति दिई मानव अधिकारको संरक्षण तथा मन्त्री पर्वधन गर्न गराउनको लागी माननीय गृह ज्यूको ध्यानाकर्षण गराउदछु ।’ उल्लेख गरिएको छ । 

ज्ञापन पत्र:-

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu