Connect with us
Kapilvast Forest

कपिलवस्तुमा मूर्ति विर्सजन गर्दा अवरोध गर्ने शाह पक्राउ

२०७६, १६ कार्तिक शनिबारमा प्रकाशित

 

कपिलवस्तु कार्तिक १६।

मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल शाहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । लक्ष्मीपुजाको मूर्ति विसर्जनका क्रममा एक जनाको ज्यान जाने गरी कृष्णनगरमा घटनाका गराउने खाँ आज दिउसो पक्राउ परेका हुन । कृष्णनगर बजारमा लुकिछिपि बसिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले प्रक्राउ गरेको प्रहरी उपरिक्षक दिप शम्शेर जवराले बताउनुभयो ।

प्रक्राउ परेका जमाल शाहलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा ल्याईयेको छ । बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेका ज्यान गएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो । दुवै पक्षबीच सहमति जुटेपछि शनिबार बिहान ६ बजेदेखि कर्फ्यु हटेको छ भने कृष्णनगर पूर्ववत् अवस्थामा फर्किएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu