Connect with us
Kapilvast Forest

पश्चिमी सीमामा सधैं समस्या

२०७६, २२ कार्तिक शुक्रबारमा प्रकाशित

 काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साबारे प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

नागरिक दैनिकमा ‘पश्चिमी सीमामा सधैं समस्या’ शीर्षकमा प्रमुख समाचार छ । दार्चुलाको व्यास गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा भारतीय अतिक्रमण भएको पाँच दशक नाघिसकेको छ । वडा नम्बर १ साबिकको व्यास गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय बिन्दु भए पनि नेपालको राज्यसंयन्त्रको पहुँच बाहिर छ, जसका कारण यहाँ भारतीय दबदबा रहँदै आएको छ ।

समाचारमा लेखिएको छ, ‘यसअघि पनि ेपाली भूभागमा भारतीय पक्षले मनलाग्दी गतिविधि गरिरहेको सूचना नेपाल सरकारले नपाएको भने होइन् । तर राज्यको प्रतिक्रिया स्थानियले सुन्न पाएका थिएनन् ।’ तर भारतले हालै प्रकाशित गरेको नयाँ नक्साका कारण मिचिएका कालापानी, लिपुलेकलगायतबारे देशव्यापी चर्चा चलेको छ । सिमाबारे यतिबेला राम्ररी चर्चा चल्न थालेपनि भारतले नेपालको पश्चिमी क्षेत्रमा सन् १९६२ देखि नै अतिक्रमण गर्दै आएको देखिन्छ ।

समाचारमा समेटिए अनुसार, सुगौली सन्धी अनुसार नेपाल र भारतको सिमा काली नदी हो । भारतले ३० किलोमिटर पूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ र त्यसबेलादेखि नै पश्चिमको भूभाग अतिक्रमण हुन थालेको हो ।

गोरखापत्र दैनिकमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाास्कोटाले कालापनी नेपालको भूमि भएको र छिमेकी भारतले सानो चित्त बनाउन नहुने बताउनुभएको समाचारले समाचारले प्राथमिकता पाएको छ । समाचारमा लेखिए अनुसार मनत्री बाँस्कोटाले कालापानी क्षेत्रमा मात्र नभई अन्यत्र पनि सीमासम्बन्धी समस्या रहेको र तिनलाई कूटनीतिक र राजनीतिक पहलद्वारा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा टुंग्याइने बताउनुभएको छ ।

गोरखापत्रले राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो नेपाली चलचित्र सम्पादन गर्ने वैकुण्ठ मास्केलाई सम्मान गर्नुभएको समाचारलाई पनि प्रथम पृष्ठमै प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकमा भारतले कालापनी लगायतका भूभाग अतिक्रमणमा परेको भन्दै नेपालमा विरोध चर्किंदै गएपछि भारती पक्षले दिएको प्रतिक्रियालाई समाचार बनाइएको छ । समाचारमा उल्लेख गरिए अनुसार भरतले आफूले जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सन्दर्भमा पहिलोपटक औपचारीक प्रतिक्रिया दिएको छ ।

उक्त नक्साले ‘भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरेको’ र ‘नेपालसँग सीमामा कुनै फेरबदल नगरिएको’ दाबी भारतीय पक्षले गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu