तीन नदीमा पानीजहाज संचालन तयारी
काठमाडौं । सरकारले मुलुकका ३ ठूला नदीमा जलयातायात संचालन तयारी गरेको छ । पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन गरी पानीजहाज संचालन गर्ने सरकारका्े तयारी छ ।
यी नदीमा यात्रु तथा मालवाहक जहाज संचालन गर्न लागिएको हो । यी मध्य कतिपय नदीमा सानो आकारका स्टीमर लगायतका यातायात संचालनमा छन् ।
सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहितको टोली नदीमा खटाउन लागिएको नेपाल पानीजहाज कार्यालयका सूचना अधिकारी बल्लभ बिष्टले जानकारी दिनुभयो । टोलीले स्थलगत अध्ययन गर्दै जलमार्गको सम्भाव्यता र आगामी दिनको तयारी थाल्ने कार्यालयको भनाई छ । कारोबार दैनिकमा प्रकाशित छ ।