प्रहरी चौकीमा विस्फोट, भारतीय नागरिक नियन्त्रणमा
प्रहरी चौकीमा विस्फोट भएलगत्तै प्रहरीले एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारत बिहारको ढाकाका चन्दन कुमारलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
‘बीआर ०५ एच ६५०९’ नम्बरको मोटरसाइकलमा सवार कुमारलाई प्रहरीले पक्राउ गरेको र एकजना फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खत्रीको भनाई छ ।