Connect with us
Kapilvast Forest

रा.ज.मो द्धारा भारतीय सिमा अतिक्रमण विरुद्धको कोण सभा सम्पन्न ।।

२०७६, २६ कार्तिक मंगलवारमा प्रकाशित

नवराज पौडेल, कपिलवस्तु
कार्तिक २६
कपिलवस्तुको बाणगंगा नगरपालिको बनगाईमा मंगलबार राष्ट्रिय जनमोर्चाद्धारा विरोध प्रर्दशन गरिएको छ । भारतीय सिमा अतिक्रमण विरुद्धको कोण सभा सम्पन्न गरिएको रा.ज.मो कपिलवस्तुले जनाएको छ ।
सभालाई सम्बोधन गर्दै रा.ज.मो का जिल्ला अध्यक्ष ददिराम आर्यायले सम्पुर्ण देशभक्त नेपाली जनता एक ढिक्का भई छिमेकी राष्ट्र भारत विरुद्ध लड्नुपर्ने बताउनु भएको छ । भारतले खटाएका भारतीय सेना हटाई तत्काल कालापानिमा नेपाली सेना परिचालन गर्नु पर्ने अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रिय सदस्य केयर सिहं अदैले माग गर्नुभएको छ । भारतीय सेनाले अटेरी गरेमा यो विषय अन्तराष्ट्रियकरण गरि जानुपर्ने भन्दै अहिले सत्तापक्ष र प्रतिपक्ष दल लगाएत अन्य सम्पुर्ण दल भारतको हस्तक्षेप विरुद्धमा दल एकजुट देखिएकाले संयुक्त राष्ट्रवादी मोर्चा बनाएर आन्दोलन मा उत्रिनुपर्ने कुरामा सभामा बोल्ने बत्ताहरुले जोड दिईएका थिए ।
सभालाई रा.ज.मो का जिल्ला अध्यक्ष ददिराम आर्याय, नेकपा मसालका जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल ट्रेड युनियन महासंघ – अन्टुकका केन्द्रिय सदस्य केयर सिहं अदै,अखिल छैठौंका जिल्ला अध्यक्ष रिसभ आर्चाय लगाएतले सम्बोधन गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu