Connect with us
Kapilvast Forest

अपरेशनपछि प्रधानमन्त्रीलाई आइसियुमा सारियो, तीन दिन अस्पतालमै राखिने

२०७६, १० मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको अपरेशनपछि आइसियुमा सारिएको छ ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपरेसन गरिएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन मंगलबार मध्याह्न १२ः४५ बजे सफलतापूर्वक सम्पन्‍न भएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको चिकित्सकले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. रमेशसिंह भण्डारीको टोलीले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन गर्नुभएको थियो ।

सोमबार रातभर पेट दुखेर पखाला लागेपछि ओलीलाई उपचारका लागि मंगलबार बिहान भर्ना गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu