धरानको मेयरमा नेकपा-कांग्रेसबीच कडा टक्कर
धरान-धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतपरिणाम जारी छ।प्राप्त पछिल्लो मतपरिणामअनुसार त्यहाँ नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। नेकपाका उम्मेदवार प्रकाश राई कांग्रेस उम्मेदवार तिलक राईभन्दा झिनो मतले अगाडि छन्।
प्रकाशले २३०९ मत पाएका छन् भने तिलकले २२९२ मत पाएका छन्।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १३३ मत पाएका छन्। मत गणना जारी छ।