Connect with us
Kapilvast Forest

अपागंता भएका व्यक्तिको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा मंसिर १६,

२८ औै राष्ट्रिय अपांगता दिशवको अवशरमा आयोजित एक कार्यक्रममा अपागंता भएका व्यक्तिको अधिकार सुनिश्चित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । कपिलवस्तुको महाराजगंजमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिंकाश व्यक्ताहरुले अधिकार रहेपनि कार्यन्वयन नभएको दावि गरेका छन ।

महाराजगंज नगरपालिकाका वडाहरुमा भएको उक्त कार्यक्रममा वोल्दै वडा ४ का अध्यक्ष शुसिल कुमार चौधरीले महाराजगंज नगरपालिकामा ५ सय भन्दा वढी अपागंता भएका व्यक्ति रहेको जानकारी दिएका छन । नगरले उक्त नागरिकलाई विभिन्न सेवा प्रदान गरिरहेको समेत जनाए । नगरपालिकाले अपागंता भएका व्यक्तिलाई सहज र उनिहरुले सक्दो रोजगारीको ब्यवस्था गर्नुपर्ने जिकिर गरे ।

त्यस्तै वडा न ९ का अध्यक्ष उदयराज कुर्मीले वडामा रहेका अपांगता भएका व्यक्तिको ईच्छा आंकक्षा वुजेर उनिहरुलाई आवश्यक सिपमुलक तालिम दिने जानकारी दिए । रोजगारी सिर्जना गरेर उनिहरुलाई आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको वताए ।

सिपमुलक तालिमहरु नगरपालिकाको वार्षिक कार्यक्रममा रहेको भन्दै उक्त तालिममा सहभागी हुन समेत अपिल गरे । कार्यक्रममा आई एन एफ नेपालका सहायक क्षमता विकास अधिकृत मिना महतोले आईएन एफ ले विभिन्न समयमा अपागंता भएका व्यक्तिलाई सहयोग गर्दै आएको र निरन्तरता दिने जिकिर गरिन ।

कालिका स्वालम्वन सामाजिक केन्द्रका प्रमुनाथ कुमी लगाएत स्थानिय संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रम वडा ४ को वरइपुर,वडा न ९ को सेमरी र वडा ७ को कुशहवामा भएको हो । त्यस्तै सोहि कार्यक्रममा नगरका ६० जना वालवालिकालाई न्यानो टोपी वितरण गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu