Connect with us
Kapilvast Forest

बागलुङ दुर्घटना : बेपत्ता कार्कीको शव फेला

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं । गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बडिगाड गाउँपालिका ७ घोपर्नामा दुर्घटना हुँदा बेपत्ता एक जनाको शव भेटिएको छ ।

बुधबार बिहान स्थानीयले इस्मा गाउँपालिका–४ पैयापाटाका ६५ वर्षीय धनबहादुर कार्कीको शव खोलाको किनारमा भेटाएका हुन् । शव बडिगाड गाउँपालिका–७ भीमगिठे नजिकै भेटाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव अहिले पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।

मंगलबार जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । भने ३ जना गम्भीर घाइते भएका थिए । घाइतेको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने, मृतक १० जनाको मंगलबार नै सामूहिक अन्त्येष्टि गरिएको छ ।

गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान ९ बजे दुर्घटना भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu