Connect with us
Kapilvast Forest

मुख्यमन्त्री पोखरेल समृद्धि र विकास वहसमा

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिज्ञहरूले जनतालाई राज्य निर्माणमा भएका कामहरू बताउन नसक्दा आलोचना बढ्दै गएको बताए। समृद्धि र विकासबारे बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काममा कार्यकर्तालाई लगाउन नसक्दा अलोचना बढेको बताए। उनले देशको आर्थिक विकास ७ प्रतिशत पुग्दा समेत आर्थिक वर्षको सुरुवातमा आर्थिक वृद्धि ५ प्रतिशत भन्दा कम हुने प्रक्षेपण हुनुलाई आलोचनात्मक सोचबाट सबै क्षेत्र प्रभावित भएको बताए।

मुख्यमन्त्री पोखरेलले कृषि, पर्यटन तथा पूर्वाधारमार्फत विकासका कामलाई तीब्र गतिमा अगाडि बढाउन सक्ने सम्भावना हुँदा पनि सरकारप्रति विश्वास गर्ने सोचको विकास हुन नसकेको बताए। उनले नेतृत्वमा पुगेकाहरूले इमान्दारपूर्वक विकास निर्माणमा ध्यान नदिँदा आलोचना बढ्दै गएको बताए। सरकारले निर्यातलाई जोड दिने नीति लिए पनि देशमा निर्यात प्रवर्द्धन हुने गरी उद्योग स्थापना हुन नसकेको उनले बताए।

उनले दिगो आर्थिक विकासका लागि उत्पादनमा आधारित र आयात प्रतिस्थापन गर्ने उद्योगको स्थापना हुनुपर्ने बताए। त्यस्तै परम्परागत राजनीतिक प्रणालीमा सुधार हुन नसके विकास सम्भव नभएको बताउँदै कृषिमा आधुनिकीकरण, पर्यटन क्षेत्रमा नविन सोचको विकास राजनीति गर्नेहरूमा हुनुपर्ने समेत बताए।   कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आलोचनालाई सकारात्मक रुपमा प्रयोग गर्न नसके देशको आर्थिक समृद्धि हासिल गर्न सरकार असफल हुने समेत बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu