अटो दुर्घटना अपडेट : मृत्यु भएका ५ जनाकाे नाम खुल्यो
चितवन । राप्ती नगरपालिका वडा नम्बर ४ मा आइतबार साँझ अटो दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको ठेगाना खुलेको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा पर्वत कुस्मा नगरपालिका पिपलटारी स्थायी घर भई हाल चितवनको खैरहनी नगरपालिका – ८ बस्ने ४९ बर्षीय श्याम प्रसाद तिवारी, चितवन खैरहनी -९ बस्ने ४२ बर्षीय विश्वमणी भण्डारी, चितवन राप्ती ९ बस्ने २५ बर्षीया मीना खड्का, राप्ती ९ रसौली बस्ने अन्दाजी ३२ बर्षीया माया तामाङ रहेको प्रहरीले जनाएको छ । यसैगरी नाम र ठेगाना नखुलेकी अन्दाजी ४० बर्षीया एक महिलाको पनि सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त अटो चालक खैरहनी नगरपालिका -३ बस्दै आएका २६ बर्षीय मणिराम गिरी घाइते अवस्थामा छन् भने उनको उपचार भइरहेको छ ।
चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।