Connect with us
Kapilvast Forest

१३औँ सागमा महिला खेलाडीकाे वर्चस्व : पदक जित्दै, इतिहास रच्दै

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

काठमाण्डौ– १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म ४५ वटा स्वर्ण पदक जितिसकेको छ ।

यो कुनै पनि सागमा नेपालले जितेको स्वर्णभन्दा धेरै हो । यसअघि सन् १९९९ मा घरेलु मैदानमा आयोजना भएको सागमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको थियो ।

जारी सागमा नेपालले स्वर्ण पदक जित्ने क्रममा महिला खेलाडीले वर्चस्व जमाएका छन् । यतिमात्र नभइ महिला नेपाली खेलाडीले एकपछि अर्काे ऐतिहासिक उपलब्धि हासिल गरिरहेका छन् ।

१३औँ साग चलिरहँदा महिला नेपाली खेलाडीले अहिलेसम्म २५ स्वर्ण जितिसकेका छन् । नेपालले भलिबल, दौड, उसु, पौडी, एथ्लेटिक्स, कुस्ती, भारोत्तोलनलगायतमा ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

संगीता धामीले ५५ केजी तौल समूहमा स्वर्ण जित्दा सागको कुस्ती प्रतियोगितामा नेपाली खेलाडीले जितेको पहिलो स्वर्ण बन्न पुग्यो ।

 

गौरिका सिंहले सागमा नेपाललाई पहिलो पटक व्यक्तिगत स्पर्धामा स्वर्ण दिलाइन् । यसअघि नेपालले सन् १९९९ मा पौडीअन्तर्गत टिम इभेन्टमा मात्रै स्वर्ण जितेको थियो । जारी सागमा गौरिकाले थप एक स्वर्ण र एक रजत पदक पनि जितेकी छिन् ।

जारी सागमा तेस्रो स्वर्ण जित्दै गौरिका एउटै सागमा ३ स्वर्ण जित्ने पहिलो महिला एथ्लिट बनेकी छिन् । उनले २०० मिटर फ्रीस्टाइल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छिन् ।

 

म्याराथनको महिला विधामा पुष्पा भण्डारीले स्वर्ण नजिते पनि इतिहास रचिन् । रजत जितेकी पुष्पाले साग महिला म्याराथनमा पदक जित्ने पहिलो नेपाली धाविका बनिन् । साथै उनले कान्छीमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान पनि भंग गरेकी छिन् ।

एथ्लेटिक्समा सन्तोषी श्रेष्ठले पनि कीर्तिमान बनाइन् । सन्तोषी सागमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला एथ्लेटिक्स खेलाडी भइन् । यसअघि सन् २००६ मा श्रीलंकामा भएको सागमा कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपाललाई रजत पदक दिलाएकी थिइन् ।

 

त्यस्तै उसुमा निमा घर्तिमगरले लगातार दुई सागमा स्वर्ण जित्दा कीर्तिमान बनाइन् । गएको १२औँ सागमा निमाले नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् । यता भारोत्तोलनमा सञ्जु चौधरीले नेपालका लागि पहिलो स्वर्ण जितिन् ।

 

सागको महिला भलिबलको फाइनलमा भारतसँग पराजित भएको नेपाली टिमले पहिलो पटक फाइनलमा पुगेको हो । अहिलेसम्म भारतलाई नजितेको नेपालले एकै पटक भारतलाई हराएर स्वर्ण पदक जित्दै अर्काे इतिहास रच्न भने चुकेको हो ।

जारी सागमा पुरुष नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले जारी सागमा नेपालले ५० स्वर्ण जित्ने दाबी गर्दै आइरहेका छन् । यही क्रम जारी रहे नेपालको ५० स्वर्ण पुग्ने सम्भावना छ ।

साइक्लिङको डाउनहिलमा नेपालले ५ पदक जितेको छ । पुरुषमा तीन र महिलामा दुई पदक नेपालले हात पारेको हो । दक्षिण एसियाली खेलकुदमा साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो ।

 

नेपालकी सञ्जु चौधरीले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । उनी साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो महिला हुन् ।

 

साथै नेपालले सागमा १ सय स्वर्ण पदक जितिसकेको छ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर – उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चाैधरी – भाराेत्तलन
३४. गाैरिका सिंह – पाैडी
३५. जुनी राई – उसु
३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
३७. गोपीचन्द्र पार्की– दौड
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ–  गल्फ (टिम इभेन्ट)
४०. विकास थापा– भाराेत्ताेलन
४१. गाैरिका सिंह– पाैडी
४२. किरणसिंह बाेगटी– म्याराथन
४३. संगीता धामी– कुस्ती
४४. गाैरिका सिंह- पाैडी
४५. देविका खड्का- जुडाे

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu