Connect with us
Kapilvast Forest

अर्कैको नाममा लाईसेन्स निकाल्न लिखित परीक्षा दिन आउने पक्राउ

२०७६, २७ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौं । अर्कैको नाममा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)को लिखित परीक्षा दिन आएका अनजन खत्री पक्राउ परेका छन् ।

सल्यान घरभई हाल धादिङ नौबिसे बस्ने २२ वर्षीय खत्री समेत २ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धनकुटा घरभई ललितपुर झरुवारासी बस्ने ४७ वर्षीय जुन बहादुर लिम्बुको नाममा परीक्षा दिन आएका उनलाई ललितपुर महानगरपालिका १३ कुसुन्तीस्थित यातायात कार्यालयमा पक्राउ परेको हो ।

उनलाई महानगरीय ट्राफिक महाशाखाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत सातदोबाटोमा बुझाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu